"बाहिरी विश्वका लागि चीनको खुलापनको सङ्केत एकदमै स्पष्ट छ", "चीनको आर्थिक वृद्धिको गति बलियो छ", "चीनको उपभोक्ता बजार अन्य देशहरूका लागि विशेष महत्त्वपूर्ण छ"... चार दिनको अवधिमा धेरै विदेशी सहभागीहरूले यस्तो कुरा भनेका छन्।
चीनको वाणिज्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२३को पहिलो महिनामा चीनको विदेशी पुँजीको वास्तविक प्रयोग 1 खर्ब 27 अर्ब 69 करोड चिनियाँ युआन थियो, जुन गत वर्षको तुलनामा १४.५ प्रतिशतले बढेको छ। तीमध्ये उच्च प्रविधियुक्त उत्पादन उद्योगमा विदेशी पुँजीको वास्तविक प्रयोग वार्षिक रूपमा ६२.८ प्रतिशतले बढेको छ। चीनमा विदेशी लगानी बिस्तारै उच्च-प्रविधि र उच्च मूल्य अभिवृद्धि उत्पादन लिङ्कहरूमा सरेको छ, जसले चीनको उच्च गुणस्तरको विकासको जीवन्तता देखाउँछ।
"विश्वमा जतिसुकै परिवर्तन आए पनि चीनले सुधार, खुलापन र नवप्रवर्तनको पक्षमा सधैं अडिग रहनेछौँ।"——हालैको चीनको विकास फोरमदेखि भर्खरै सम्पन्न पोआउ एसिया फोरमसम्म, चीनले सधैं बाहिरी संसारको लागि यस्तो दृढ संकेत पठाएको छ।