英国365bet体育_365bet手机官网_约彩365官旧版本网客户端下载
विश्व डिजिटल शिक्षा महाधिवेशन आज फेब्रअरी १३ बाट पैचिङमा शुरू भएको छ।‘डिजिटल परिवर्तन र शिक्षाको भविष्य’शीर्षकमा हुन गइरहेको दुई दिने महाधिवेशनमा विश्वका १३० भन्दा बढी मुलुक र क्षेत्रका प्रतिनिधिहरूले इन्टरनेटमार्फत् तथा प्रत्यक्ष रूपमा भाग लिएका छन्।
चीनको शिक्षा मन्त्रालयका जिम्मेवार व्यक्तिका अनुसार, चीनले विश्वमा सबैभन्दा ठूलो शिक्षा स्रोत केन्द्रको स्थापना गरिसकेको छ। चीनको राष्ट्रिय इन्टलिजेन्स शिक्षा सार्वजनिक सेवा चौतारोका प्रयोगकर्ताहरू २०० भन्दा बढी मुलुक र क्षेत्रका छन्। सन् २०२३ फेब्रअरी १० तारिखसम्म उक्त चौतारोको कूल अवलोकन मात्रा ६ अर्ब ७० करोड पटकभन्दा धेरै रहेको छ।
केही वर्षयता शिक्षाको डिजिटलाइजेसनलाई अघि बढाइनुका साथै चीनका विभिन्न ठाउँका प्राथमिक र मध्य विद्यालयको डिजिटलाइज स्तर पनि पूर्ण रूपमा उकासिएको थियो। व्यापक ग्रामिण क्षेत्रकालागि डिजिटल उपकरण ग्रामिण शिक्षा विकासलाई अघि बढाउने प्रभावकारी उपाय बनेको छ।