<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        #अल्पसंख्यक जाति# एउटा प्रदर्शनी मेलाबाट तिब्बती सर्वसाधारणको उपभोगको परिवर्तन देखाइएको-२
        2022-12-20 18:32:52CRI
        Share with:

        प्राप्त जानकारीअनुसार, केही वर्षयता तिब्बतले आफ्नो स्रोत तथा श्रेष्ठताको आधारमा अर्गानिक खाना, र भौगोलिक चिन्ह उत्पादनहरूको मार्गदर्शन तथा पहिचान कार्यलाई सबल पारेको छ। वर्तमानमा पूरै तिब्बत स्वायत्त प्रदेशमा सम्बन्धित मापदण्ड पुगेको उत्पादनको संख्या ११५० पुगेको छ। यो सन् २०१२को तुलनामा ७.५ गुणा धेरै हो। जसले बजारमा तिब्बती कृषि तथा पशुपालन उत्पादनको प्रतिस्पर्धा प्रभावकारी रूपमा बढाएको छ। 

        इ-वाणिज्य र लोजिस्टिकको द्रुत विकास हुनुका साथै तिब्बती सर्वसाधारणको उपभोग तरिकामा पनि परिवर्तन भएको छ। अनलाइन पसल, प्रत्यक्ष प्रसारण लगायत मञ्च नयाँ उपभोग मञ्च बनेका छन्। अनलाइन उपभोगले तीव्र गतिको विकासको प्रवृत्ति देखाएको छ।

         

        “क्यूआर कोड स्क्यान गरेर यी सबै विशेषतायुक्त उत्पादनहरू अनलाइनबाट किन्नसकिन्छ। निकै सुविधाजनक। ” प्रदर्शनमा शाननान शहरीय च्याछा जिल्ला इ-वाणिज्य सार्वजनिक सेवा केन्द्रकी कर्मचारी याङ छिलिनले सर्वसाधारणलाई च्याछा जिल्लाहो इ-वाणिज्य मञ्चको जानकारी दिइरहनुभएको छ। याङ छिलिनको जानकारीअनुसार, ओखर तथा हथर्न लगायतका कृषि उत्पादनहरू च्याछा जिल्लाको विशेषतायुक्त उत्पादन हुन्। पहिले किसानहरू आफैले कृषि बजारमा बेच्नुपर्थ्यो। तिब्बतमा इ-वाणिज्यको विकास हुँदा सर्वसाधारणको उपभोग तरिका पनि विविधता थपिएको छ। हाल यी कृषि उत्पादनहरूले अनलाइन व्यापार र प्रत्यक्ष प्रसारण व्यापारमार्फत नयाँ विक्री मञ्च खोलेका छन्। ग्रामीण क्षेमा पनि धेरै लोजिस्टिक सेवा स्टेशनको स्थापना गरेर गाउँलेको अनलाइन व्यापारका लागि सुविधा दिएको छ।

         

        तिब्बत स्वायत्त प्रदेशको वाणिज्य व्यूरोबाट प्रकाशित तथ्याङ्कका अनुसार, सन् २०२२ जनवरीदेखि जुनसम्म तिब्बतको अनलाइन खुद्रा विक्री रकम ४ अर्ब ७५ करोड युआन पुगेको छ र गत वर्षको सोहि अवधिको तुलनामा ३३.४प्रतिशतले बढेको छ।