<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        #समाचार सन्दर्भ#मे एक दिवसको उपभोगबाट चिनियाँ बजार विश्वका लागि ठूलो अवसर
        2021-05-06 19:07:15CRI
        Share with:

        #समाचार सन्दर्भ#मे एक दिवसको उपभोगबाट चिनियाँ बजार विश्वका लागि ठूलो अवसर_fororder_101

        भरखरै गएको मे एक अन्तर्राष्ट्रिय श्रमिक दिवसको बिदामा चिनियाँ उपभोग्य बजारले विश्वलाई आश्चर्यजनक सूचना दिएको छ। चीनमा घुम्न गएका पर्यटकहरूको संख्या २३ करोड नाघेको छ जुन गत वर्षको सोही अवधिको तुलनमा ११९.७ प्रतिशतले बृद्धि भएको छ भने पर्यटकीय आय १ खर्ब १३ अर्ब २३ करोड चिनियाँ युआन पुगेको छ। यो पनि गत वर्षको तुलनमा १३८.१ प्रतिशतले बृद्धि भएको हो। चीनभरि सिनेमाघरबाट प्राप्त आय १६ करोड चिनियाँ युआन पुगेको छ। यसले पनि नयाँ रेकर्ड सिर्जना गरेको छ। मे एक बिदाको अघिल्ला ४ दिनमा चाइना युनियनपेको इन्टर्नेटमा आधारित कारोबारमा संलग्न रकम १५ खर्ब चिनियाँ युआन पुगेको छ...

        मे एक बिदाको समृद्धिबाट चीनले गरेको महामारी नियन्त्रण प्रभावकारी भएको प्रमाणित हुनुका साथै चिनियाँ उपभोग्य बजार पुनरूत्थान क्रममै रहिरहेको प्रतिविम्वित भएको छ। यस पछाडि भित्री मागको विस्तारबाट उपभोगलाई बढाउने, नागरिकको आम्दानीलाई बढाउने र उपभोग वातावरणको सुधार गर्ने चीन सरकारले चालेका शृङ्खलाबद्ध नीतिले सकारात्मक र प्रभावकारी नतिजा देखाएको छ।

        #समाचार सन्दर्भ#मे एक दिवसको उपभोगबाट चिनियाँ बजार विश्वका लागि ठूलो अवसर_fororder_102

        ‘चिनियाँ बजारलाई विश्वसँग साझेदार बनाउने र सबैको बजारको रूपमा निर्माण गर्ने’ नै चीनले विश्वलाई दिएको वचन हो। गत मे एक बिदामा चीनले बचनलाई व्यवहारमा उतारेको तथ्य विश्वले फेरि एक पटक देखेको छ। चीनभरि उपभोग प्रवर्द्धन महिना अर्थात् शाङहाइ किनमेल दिवस कार्यक्रममा विश्वका ५५० वटा मार्काले पहिलो पटक सार्वजनिक गरेका नयाँ उत्पादनको संख्या २ हजार ८ सय पुगेको छ।

        चिनियाँ उपभोग अपेक्षाभन्दा अझ द्रुत गतिले पुनरूत्थापित भइरहेको छ। चीनले पटकपटक गरी जोड दिएको छ कि भित्री मागको निहित शक्तिको प्रोत्साहन गरेर स्वदेशी र अन्तर्राष्ट्रिय बजारलाई अझ राम्रोसँग जोड्ने र यी दुई बजार दुई किसिमका श्रोतको सदुपयोग गर्नुपर्छ। यसको अर्थ उपभोगको स्तरोन्नति क्रममा चिनियाँ उपभोगको निहित शक्तिबाट विश्वसँग साझेदार गर्न सकिने अवसर प्रदान गर्दै जानेछ।

        #समाचार सन्दर्भ#मे एक दिवसको उपभोगबाट चिनियाँ बजार विश्वका लागि ठूलो अवसर_fororder_103

        वास्तवमा चीनले भनेको जस्तै गरिरहेको छ। मे ७ देखि १० तारिखसम्म पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला हाइनानमा आयोजना हुँदैछ। चीन सरकारले व्यावहारिक कार्वाहीमार्फत् चिनियाँ बजारलाई विश्वको बजार बनाउने बचनको कार्यान्वयन गरिरहेको छ। महामारीको प्रभावबाट बाहिर आउन खोजिरहेका विदेशी कम्पनीहरूका लागि चिनियाँ बजार विशाल अवसर र विश्वमा सुपर ठूलो चिनियाँ बजारलाई खोल्ने साँचो भेट्नेछन्।