अमेरिकाको शासन अधिकार हस्तान्तरण हुँदै गरेको अवस्थामा एक जना भने विवाद तथा द्वन्द्व सिर्जना गर्नेमै व्यस्त छन्। ती एकजना अमेरिकी विदेश मन्त्री माइक पम्पेओ हुन्। बितेका दशभन्दा बढी दिनहरुमा पम्पेओले अमेरिकी पदाधिकारी र चीनको थाइवानबीचको सम्पर्क सीमिततालाई रद्द गरेबाट क्युबालाई “आतंकवादको समर्थक मुलुक”समूहमा फेरि राखेकोसम्म र इरानमाथि गराइएको कडा नाकाबन्दीलाई बढाउने जस्ता श्रृँखलावद्ध गतिविधि गराएका छन्।
उनका यी गतिविधिको लक्ष्य के हो?धेरै अमेरिकी सञ्चार माध्यमले विश्लेषण गरेअनुसार पम्पेओले यी गतिविधिमार्फत आउने अमेरिकी सरकारलाई बाधा सिर्जना गर्न चाहेका छन्। साथै उनले सन्२०२४ अमेरिकी राष्ट्रपति निर्वाचनमा भाग लिनका लागि“राजनीतिक विरासत’ सिर्जना गर्न खोजेका छन्।
पम्पेओको कूटनीतिले विश्वसमक्ष अमेरिकाको अहंकार तथा कपटको वास्तविकता देखाएको छ।《न्यूयोर्क टाइम्स》का अनुसार पम्पेओले अमेरिकी राज्य परिषदद्वारा केही दशकमा स्थापना भएको प्रतिष्ठालाई ध्वस्त पारेका छन्। सेवानिवृत्तिपछि पम्पेओ सबैभन्दा खराब विदेश मन्त्रीको रुपमा इतिहासमा लेखिनेछन्।