<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        #समाचार सन्दर्भ# सबै गरिब जिल्ला गरिबीमुक्त भएबाट चिनियाँ अनुभवको प्रभावकारिता फेरि प्रमाणित
        2020-11-24 15:15:45CRI
        Share with:

        #समाचार सन्दर्भ# सबै गरिब जिल्ला गरिबीमुक्त भएबाट चिनियाँ अनुभवको प्रभावकारिता फेरि प्रमाणित

        यस वर्ष चीनको सम्पन्न समाजको निर्माण गर्ने र गरिबी निवारणको लक्ष्य पूरा गर्ने अन्तिम वर्ष हो। नोभेम्बर २३ तारिख क्वीचौ प्रान्त सरकारले अन्तिम नौ वटा अति गरिब जिल्लालाई गरिबीबाट हटाइएको घोषणा गरेसँगै क्वीचौ प्रान्तका ६६ वटा गरिब जिल्लाहरू सबै गरिबीमुक्त भएका छन् । साथै राज्य परिषदबाट निश्चित चीनका ८३२ वटा गरिब जिल्लाहरू सबै गरिबीबाट मुक्त भएर चीनको गरिबी निवारणको लक्ष्य समयमै पूरा भएको देखिएको छ।

        चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको १८औँ महाधिवेशन भएयता कमरेड सी चिनफिङ केन्द्रित पार्टीको केन्द्रिय समितिले समस्त जनताको नेतृत्व गरी चीन विशेषतायुक्त गरिबी निवारणको बाटो भेट्टाएको छ र दशौं करोड गरिब जनतालाई गरिबीबाट मुक्त गरेको छ। साथै विश्वलाई गरिबी निवारणको उपलब्धिमुलक चीन अनुभव पनि देखाएको छ। जसको गहिरो अर्थ रहेको छ।

        #समाचार सन्दर्भ# सबै गरिब जिल्ला गरिबीमुक्त भएबाट चिनियाँ अनुभवको प्रभावकारिता फेरि प्रमाणित

        मानव जातीय समाजको विकासको दृष्टिबाट हेर्दा चीनको गरिबी निवारणको सफलताबाट सिक्नसक्ने र अनुकरण गर्नसक्ने देखिन्छ। ती अनुभव यस प्रकार छन्:

        पार्टीको एकीकृत नेतृत्वमा अडिग रहनु नै गरिबी निवारण सफल हुने मूल मन्त्र हो। गरिबी निवारणको लक्ष्य निकै ठूलो छ र जिम्मेवारी पनि निकै कठिन छ जसको लागि विभिन्न स्रोत र हितको समन्वय गर्नुपर्छ। त्यसैले केन्द्रिय नेतृत्व नभएमा गरिबी निवारणको आधार पनि हुने छैन।

        चीन विशेषतायुक्त समाजवादको प्रणालीमा अडिग रहनु गरिबी निवारण सफल हुनुको अर्को मुख्य कारण हो। चीनले आफ्नो राष्ट्रिय अवस्थाको आधारमा पार्टीको नेतृत्वमा रहेर सरकारको निर्देशनमा समस्त समाज संलग्न हुने प्रणालीको सिर्जना गरेको छ।

        सुधार तथा खुलापनमा अडिग रहनु गरिबी निवारण सफल हुने अर्को आधार हो। चीनले सुधार तथा खुलापनको नीति अपनाएबाट चीनको द्रुत गतिले आर्थिक विकास भएको छ र गरिबी निवारणका लागि भौतिक आधार प्रदान गरिएको छ।

        विभिन्न तरिकामार्फत लक्षित रही गरिबी निवारण नीतिमा अडिग रहनु गरिबी निवारण सफल हुने प्रभावकारी उपाय हो। महासचिव सी चिनफिङले प्रस्तुत गर्नुभएको गरिबी निवारण धारणा चीनको गरिबी निवारण सफल हुनुको महत्वपूर्ण कारण हो। कसले कसलाई सहयोग गर्ने, गरिबलाई कसले सहयोग गर्ने र कसरी सहयोग गर्नेलगायत विविध समस्याको समाधानको बाटो पहिल्याएको छ साथै पैसा र सामग्री प्रदान गर्ने मोडललाई छोडेर शिक्षा, चिकित्सा, व्यापार, पर्यटनलगायत विभिन्न खालका उपायमार्फत गरिबीलाई आर्थिक ईकाइको रूपमा प्रस्तुत गरेर गरिबी भित्र लुकेको शक्तिलाई प्रेरणा दिएको छ।