<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        याङ्से नदी आर्थिक बेल्टको विकास गोष्ठीलाई राष्ट्राध्यक्ष सीद्वारा सम्बोधन
        2020-11-16 16:55:30cri
        Share with:

        चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले नोभेम्बर चौध तारिख बिहान च्याङ सु प्रान्तको नान चिन शहरमा याङ्से नदी आर्थिक बेल्टको चौतर्फी प्रवर्द्धन विकास गोष्ठीलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँका अनुसार नयाँ विकास विचारधाराले द्दढताका साथ याङ्से नदीको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्दै पर्यावरणलाई प्रथम स्थामा राखिने नयाँ हरित विकास अध्याय सिर्जना गर्नुपर्छ।

        च्याङ्ग सु प्रान्तको निरीक्षण गरेपछि राष्ट्राध्यक्ष सीले उक्त गोष्ठीको आयोजना गर्नुभएको हो। उहाँले जोड दिनुभएअनुसार पाँच वर्षयता कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको द्दढ नेतृत्वमा याङ्से नदी तटवर्ती प्रान्त र शहरले पर्यावर्णीय वातावरणको सुव्यवस्थापन गर्दै आर्थिक तथा सामाजिक विकासको चौतर्फी हरित परिवर्तनलाई प्रवर्द्धन गर्न थालेका छन्। याङ्से नदी आर्थिक बेल्टको समष्टिगत विकास स्थिर देखिन्छ र जनताको जीवन स्तर स्पष्ट उकासिँदै गएको छ। विशेष गरी यस वर्षमा तटवर्ती प्रान्त र शहरले नयाँ कोरोना भाइरसको शक्तिशाली रोकथाम तथा नियन्त्रण गर्नुका साथै बाढी प्रकोपबाट ल्याइएको प्रभावलाई पार गरेको छ। जसले चीनको अर्थतन्त्रको पुनरुत्थानका लागि महत्वपूर्ण योगदान सिर्जना गरेको छ।