<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        #अल्पसंख्यक जाति# चिनियाँ अल्पसंख्यक जातिहरू कसरी पूर्वजको सम्झना गर्छन्
        2023-04-04 09:09:39cri
        Share with:

        अप्रिल ५ तारिख चिनियाँहरुका लागि लोक परम्पराअनुसारको छिङ्ग मिङ चाड हो।

           चिनियाँ पात्रो अनुसार "छिङ्ग मिङ"चाड मौसमको अवस्थाको व्याख्या सम्बन्धमा विद्यमान रहेको अनुमान गरिएका चौबीसवटा केन्द्र-विन्दुहरुमध्येको एक हो। यसै दिन नगरको कछाड क्षेत्रको यात्रा गर्ने वा आ-आफ्ना स्वर्गीय पूर्वजहरुको सम्मानमा तिनीहरुका समाधिहरुमा पूजा-आजा गर्ने चलन छ। पूर्वजको पूजाआजामा विभिन्न जातिसँग विभिन्न विशेष रीतिरिवाज रहेको छ।

         

             चीनका कुनै-कुनै ठाउँमा छिङ्ग मिङ चाडलाई "राक्षस चाड" भन्ने चलन पनि छ। यसै नामबाट स्वर्गीय पूर्वजहरुको सम्झनामा पूजा-आजा गर्ने चाड भन्ने अर्थ बुझिन्छ। यस चाड अघि वा पछि घर-घर र परिवारका मानिसहरु आ-आफ्ना नातेदारहरुको चिहान वा समाधिमा पुगी त्यहाँ उम्रिएका घाँस-पात उखल्ने,नयाँ माटो थप्ने,धूप र नक्कली नोट बाल्ने,घुँडा टेकेर पूजा-आजा गर्ने वा मौन धारणा गर्ने र अभिवादन गर्ने गर्दछन।

          उक्त परम्पराले स्थानीय बासिन्दाहरुमा निकै गहिरो जरा गाडेको पाइन्छ। मानिसहरु अहिलेसम्म पनि यस परम्पराको अनुसरण गर्ने गर्दछन्। तथापि पहिलेको कडा नियममा हाल केही खुकुलोपना देखा पर्नथालेको छ। उदाहरणका रुपमा, पहिले घर-घरमा अनिवार्य रुपमा आ-आफ्ना पूर्वजहरुको पूजा-आजा गरिन्थ्यो। तर अहिले भने सामूहिक रुपमा शहीदहरुको सम्मानमा सलाम गर्ने चलन छ। हरेक वर्षको छिङ्ग मिङ चाडका बेला मानिसहरु शहीद पार्कहरुमा गई ती शहीदहरुका चिहान अगाडि ताजा फूलको गुच्छा वा एउटा माला वा धूपीको एउटा हाँगा चढाई उनीहरुप्रति श्रद्धा भाव व्यक्त गर्ने गर्दछन्।


        हान जातिको प्रभावमा मान जातिले पनि छिङ मिङ चाडको अवसरमा पनि पूर्वजहरुको पूजा-आजा गर्छन्। तर पूजा-आजाको तरिका अलि फरक छ। मान जातिको धर्ममा विलौ रूख मानव जातिको पूर्वज हो। त्यसैले छिङ मिङ चे चाडमा उनीहरूले विलौको हाँगा चिहानमा राख्दछन्। जसबाट सन्तानले पूर्वजको बिर्सन नसक्ने अर्थ व्यक्त गरिएको छ।

        हान जातिजस्तै छिङ मिङ चे चाड पनि पाइ जातिले पूर्वजको पूजा-आजा गर्ने पर्व हो। त्यस दिनमा पाइ जातीयहरूले उत्कृष्ट खाना तयार पारेर पूर्वजको चिहान पुग्ने गर्छन्। उनीहरूले तयार गरेका खानामा विविध तरिकाद्वारा पकाएको मासु, माछा, तरकारी र रक्सी समेटिएका छन्। पछिल्लो मृतकको सन्तानमा बुहारी र छोरीहरूले दुःखपूर्वक रोएर सम्झना भावना व्यक्त गरेका छन्।

         पूजा-आजा गरेपछि सबै जनाले चिहान वरिपरि बसेर खाना खान्छन्।

         

        छिङ मिङ चाडमा ना सी जातीयहरूले घरमा हजुर बुवा-आमाका बुवा-आमा, हजुर बुवा-आमा र बुवा-आमाको पूजाआजा गर्छन्। सो अवसरमा भूमिमा तीनवटा रूख गाड्नुका साथै रूखअगाडि तीनवटा ढुङ्गा राख्छन्। यो पूजाआजा गर्ने पूर्वजको प्रतिनिधित्व हो। त्यसबाहेक धूप र मैनबत्ती बाल्नुका साथै रक्सी, मासु, भात र चियालगायत सामान राख्दछन्।  सामान्यतः पूजाआजा समारोह धार्मिक व्यक्तिबाट अध्यक्षता गरिनुपर्छ।

         

        त्यसबाहेक कोरियाली, साला, लीसु, लाहु, आछाङ, सी पो, माउ नान जातिहरूको बसोबास क्षेत्रमा छिङ मिङ चाड मनाउने चलन पनि रहेको छ।