<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        फकल्याण्ड्स टापुको सार्वभौमिकताको विषयमा बेलायत चुपचाप बस्नुहुँदैन

        英国365bet体育_365bet手机官网_约彩365官旧版本网客户端下载

        2023-04-04 17:04:16CRI
        Share with:

        स्थानीय समयअनुसार अप्रिल २ मा अर्जेन्टिनाका विभिन्न सहरका केन्द्रका चोकहरूमा ४१ वटा सेतो फूलद्वारा बनाइएको पुष्पगुच्छा देखा परेका छन्। यो दिन इस्लास माल्भिनास टापुहरूमा ("फकल्याण्ड्स" को रूपमा चिनिन्छ) युद्धको स्मरण दिवस हो; अंक ४१ भनेको युद्धपछिको ४१ औँ वर्षको प्रतिनिधित्व गर्दछ। 

        स्मरण दिवसमै संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार अर्जेन्टिनाले फेरि एकपटक वार्ताद्वारा फकल्याण्ड्स समस्याको समाधान गर्ने आफ्नो बैधानिक माग व्यक्त गरेको छ। यसै सन्दर्भमा, बेलायती राजनीतिज्ञहरू चुपचाप बसिरहन मिल्दैन। 

        फकल्याण्डको इतिहास एकदमै स्पष्ट छ: सन् १८१६ मा, जब अर्जेन्टिना स्पेनबाट स्वतन्त्र हुँदाखेरी फकल्याण्ड्स लगायत अर्जेन्टिनाको तटमा रहेका टापुहरूको सार्वभौमिकता स्पेनिशबाट उत्तराधिकारी पाएको दाबी गर्यो। तर सन् १८३३ मा बेलायतीहरूले फकल्याण्डलाई बलपूर्वक कब्जा गरेर उपनिवेशिक शासन लागू गर्न थाल्यो। 

        बेलायतीहरू फकल्याण्डलाई किन नछोडेको? यसका धेरै कारण छन्- पहिलो, फकल्याण्ड बेलायतबाट धेरै टाढा भए तापनि दक्षिण प्रशान्त र दक्षिण एटलान्टिक महासागरका प्रमुख बिन्दुहरू यहीँ रहेकाले "दक्षिण एटलान्टिकको प्रवेशद्वार" को रूपमा चिनिन्छ र यसको रणनीतिक स्थान धेरै महत्त्वपूर्ण छ। बेलायतले दक्षिण ध्रुवको स्रोतहरूको पूर्ण उपयोगलाई सुनिश्चित गर्ने इच्छा गरेको विश्वास केही विश्लेषकहरू गरेका छन्। 

        यसबाहेक, फकल्याण्ड पीट, सीसा, चाँदी र फलाम जस्ता खनिजहरूमा धनी भएकोले बेलायतीहरू फकल्याण्डमा भेटिने यस्ता वास्तविक स्रोतहरू छोड्ने मनसाय नलिएको हो। 

        कब्जा, लूटपिट, प्रयोग गर्ने... फकल्याण्डमाथि बेलायतको कदम उपनिवेशवाद उन्मूलनको ज्वारभाटाको विपरीत छ। बेलायतीले संयुक्त राष्ट्रसंघको प्रस्तावको सम्मान गर्नुपर्छ र अर्जेन्टिनाका जनताका बैधानिक मागप्रति सकारात्मक प्रतिक्रिया जनाउनुपर्छ। फकल्याण्डको फिर्ता यथाशीघ्र गर्नुपर्छ ।